Posts

Showing posts from July, 2020

How to spend days on quarantine? Chetan Neupane

Image
Chetan Neupane Grade: 10 Trilok School Machhapokhari, Kathmandu How to spend days on quarantine?  Spending days in home is now creating problems for people. We are off the duty. It is not good for own if we sit useless. Our body is like a machine if we use it, it works properly but if we don't try to work it capabilities will decrease. And may take long time to recover.          As we know,  the whole world is paused. Since covid-19, is now spreading through out the world. They can go out of home. Can't continue their work. Many country have declared lock down. People are now spending their hardest time in home. People have not been through this time. So they are sitting use less and their working function is becoming low.      So how can one spend their days so that their capability of brain and functioning of body won't stop. Here are some works they can do in quarantine. 1. You can engage your doing  creative work ( drawing, handicraft, learning instr

मेरो देश - सम्पदा भट्टराई

Image
सम्पदा भट्टराई कक्षाः आठ त्रिलोक स्कूल माछापोखरी , काठमाडौं मेरो देश हराई दिन्छन् शब्दहरू वर्णन गर्न खोजौ भने मुटु भित्र राखौं भने । गदगद पो हुन्छु मनै भरि देश मेरो रगतमा बगिरहन्छ देश तनै भरि देश धड्किरहन्छ देश हिमालको हासो आमा झै हासि रहन्छ देश मुटुमा धड्किरहन्छ देश सानो भाइ धुलोमा लडीबुडी गरि रहन्छ सानी दिदी गुरॉसमा फुली रहन्छिन् कोशी कर्णली जीवन भएर बहन्छन् बहिनी सयपत्रीका पातमा तप्की रहन्छे डॉफे मुनाल प्रकृति भएर खेल्छन मेरो देश बिहानको झल्को हाँसो भएर पारिन्छन जुनेली रात माया भएर तप्किरहन्छ । खेतका आलि भएर अमर सिंह लाई छातिमा बोकेर बाँचेको छ भृकुटी लाइ निधारमा चम्काउदै छ मेरो देश । अरनिको कला कोर्दै छन् यहाँ त्यसैले देश छ मात्र युगैसम्म जीवन्त छ र म छु ...

समाज (आकृती भट्ट)

Image
आकृती भट्ट कक्षाः  आठ त्रिलोक स्कूल माछापोखरी  ,  काठमाडौं समाज ए ! यति राती कता जान लागेको , समाजले के भन्छ ? ए ! कस्तो लुगा लगाको ,   समाजले के भन्छ ? यो नगर , समाजले के भन्ला त्यो नगर , समाजले के भन्ला कसले कुन लुगा लगाउँछ हुन्छ सबैलाई चासो को मान्छे को सँग हिड्छ भनेर हेरिरन्छन् बाटो। बाटोमा हिड्दा सोध्छन् नानी , के बन्न मन छ ? डाक्टर भन्यो भने ठिक छ नत्र कुरा काट्न थाल्छन्। गरिबलाई हेप्छन् यिनी ठुला बडालाइ दिन्छन् सम्मान आफ्नो इच्छाको पेशामा लागे छ्या डाक्टर , इन्जिनियर बने वाह्। त्यसैले , अरुले के भन्छ कहिल्यै नसुन्नु जे मन लाग्छ त्यही बन्नु समाजले जे भने भन्छ तिमी चाहिँ आफ्नो मनको सुन्नु। धेरै के भन्नु , म पनि यहि समाजमा बस्छु कविता मन पर्यो भन्ने आशा राख्छु।                                   

मित्रता (कथा)

Image
नमूना भण्डारी कक्षाः आठ त्रिलोक माध्यमिक विद्यालय, माछापोखरी, काठमाडौ मित्रता (कथा) कुनैठाउँमा एउटा ठुलो जङ्गल थियो । त्यस जङ्गलको बिचमा ठुलो पिपलको रुख थियो त्यस रुखमा धेरै खालका चराचुरुङ्गिहरु बस्ने गर्थे । रुखमा काग र कोइली पनि बस्थे । ति दुबै पन्छिको स्वभाव बेग्लाबेग्लै भएपनि मिलेर बस्ने गर्थे । दुबै पन्छिको मित्रता एकदमै गहिरो थियो । उनिहरु बिच कहिल्यै झगडा हुदैनथ्यो । उनिहरु बिचको मित्रता देखेर त्यही जङ्गलमा बस्ने अर्को चरा -रुपी लोभिन्थ्यो । उ दुबैकोे मित्रतालाई भड्काउन खोज्थ्यो ।  यसै सिलसिलामा उसले एकदिन कोइलीलाई एक्लै भेटेर कागको नराम्रो कुरा भन्यो । यसरीनै उसले कागलाई पनि कोइलीको नराम्रो कुरा भन्यो । उसले सधैं दुई मित्रलाई यसरीनै भड्काइरयो । एकदिन उसले कोइलीलाई भड्काउदै गर्दा त्यही जङ्गलमा बस्ने सुँगाले सुन्यो ।  सुँगा सधैं सबैको मित्रता होस् भन्ने चाहन्थ्यो । उसले काग र कोइलीको मित्रता बिगार्न नदिन त्यही जङ्गलमा सबैको मित्रता कायम राख्नुपर्छ भनेर सभाको आयोजना गर्यो । सुँगाले सभामा सबै चराहरुलाई आउनु भनेर निमन्त्रणा दियो । भोलिपल्ट सभामा सबै चराहरु उपस्थित