Posts

Showing posts with the label Trilok Children's Academy

मित्रता (कथा)

Image
नमूना भण्डारी कक्षाः आठ त्रिलोक माध्यमिक विद्यालय, माछापोखरी, काठमाडौ मित्रता (कथा) कुनैठाउँमा एउटा ठुलो जङ्गल थियो । त्यस जङ्गलको बिचमा ठुलो पिपलको रुख थियो त्यस रुखमा धेरै खालका चराचुरुङ्गिहरु बस्ने गर्थे । रुखमा काग र कोइली पनि बस्थे । ति दुबै पन्छिको स्वभाव बेग्लाबेग्लै भएपनि मिलेर बस्ने गर्थे । दुबै पन्छिको मित्रता एकदमै गहिरो थियो । उनिहरु बिच कहिल्यै झगडा हुदैनथ्यो । उनिहरु बिचको मित्रता देखेर त्यही जङ्गलमा बस्ने अर्को चरा -रुपी लोभिन्थ्यो । उ दुबैकोे मित्रतालाई भड्काउन खोज्थ्यो ।  यसै सिलसिलामा उसले एकदिन कोइलीलाई एक्लै भेटेर कागको नराम्रो कुरा भन्यो । यसरीनै उसले कागलाई पनि कोइलीको नराम्रो कुरा भन्यो । उसले सधैं दुई मित्रलाई यसरीनै भड्काइरयो । एकदिन उसले कोइलीलाई भड्काउदै गर्दा त्यही जङ्गलमा बस्ने सुँगाले सुन्यो ।  सुँगा सधैं सबैको मित्रता होस् भन्ने चाहन्थ्यो । उसले काग र कोइलीको मित्रता बिगार्न नदिन त्यही जङ्गलमा सबैको मित्रता कायम राख्नुपर्छ भनेर सभाको आयोजना गर्यो । सुँगाले सभामा सबै चराहरुलाई आउनु भनेर निमन्त्रणा दियो । भोलिपल्ट सभामा सबै चराहर...