मेरो देश - सम्पदा भट्टराई


सम्पदा भट्टराई
कक्षाः आठ
त्रिलोक स्कूल
माछापोखरी , काठमाडौं


मेरो देश

हराई दिन्छन् शब्दहरू
वर्णन गर्न खोजौ भने
मुटु भित्र राखौं भने ।
गदगद पो हुन्छु
मनै भरि देश
मेरो रगतमा बगिरहन्छ देश
तनै भरि देश
धड्किरहन्छ देश
हिमालको हासो आमा झै हासि रहन्छ देश
मुटुमा धड्किरहन्छ देश
सानो भाइ धुलोमा लडीबुडी गरि रहन्छ
सानी दिदी गुरॉसमा फुली रहन्छिन्
कोशी कर्णली जीवन भएर बहन्छन्
बहिनी सयपत्रीका पातमा तप्की रहन्छे
डॉफे मुनाल प्रकृति भएर खेल्छन
मेरो देश
बिहानको झल्को हाँसो भएर पारिन्छन
जुनेली रात माया भएर तप्किरहन्छ ।
खेतका आलि भएर
अमर सिंह लाई छातिमा बोकेर बाँचेको छ
भृकुटी लाइ निधारमा चम्काउदै छ मेरो देश ।
अरनिको कला कोर्दै छन् यहाँ
त्यसैले देश छ मात्र युगैसम्म जीवन्त छ
र म छु ...

Comments

Popular posts from this blog

समाज (आकृती भट्ट)

New Place, New Knowledge: Ishan Nepal

Trilok School Holds Annual Prize Distribution Ceremony