मित्रता (कथा)


नमूना भण्डारी
कक्षाः आठ
त्रिलोक माध्यमिक विद्यालय, माछापोखरी, काठमाडौ


मित्रता (कथा)


कुनैठाउँमा एउटा ठुलो जङ्गल थियो । त्यस जङ्गलको बिचमा ठुलो पिपलको रुख थियो त्यस रुखमा धेरै खालका चराचुरुङ्गिहरु बस्ने गर्थे । रुखमा काग र कोइली पनि बस्थे । ति दुबै पन्छिको स्वभाव बेग्लाबेग्लै भएपनि मिलेर बस्ने गर्थे । दुबै पन्छिको मित्रता एकदमै गहिरो थियो । उनिहरु बिच कहिल्यै झगडा हुदैनथ्यो । उनिहरु बिचको मित्रता देखेर त्यही जङ्गलमा बस्ने अर्को चरा -रुपी लोभिन्थ्यो । उ दुबैकोे मित्रतालाई भड्काउन खोज्थ्यो । 

यसै सिलसिलामा उसले एकदिन कोइलीलाई एक्लै भेटेर कागको नराम्रो कुरा भन्यो । यसरीनै उसले कागलाई पनि कोइलीको नराम्रो कुरा भन्यो । उसले सधैं दुई मित्रलाई यसरीनै भड्काइरयो । एकदिन उसले कोइलीलाई भड्काउदै गर्दा त्यही जङ्गलमा बस्ने सुँगाले सुन्यो । 

सुँगा सधैं सबैको मित्रता होस् भन्ने चाहन्थ्यो । उसले काग र कोइलीको मित्रता बिगार्न नदिन त्यही जङ्गलमा सबैको मित्रता कायम राख्नुपर्छ भनेर सभाको आयोजना गर्यो । सुँगाले सभामा सबै चराहरुलाई आउनु भनेर निमन्त्रणा दियो । भोलिपल्ट सभामा सबै चराहरु उपस्थित भए । सभामा सुँगाले मित्रता सधैं कायम राख्नुपर्छ । मित्रतामा एकता र एकतामा सबैभन्दा ठुलो तागत हुन्छ भनेर सबै चराहरुलाई सुनायो । उसले सबै चराहरुलाई मित्रताको बारेमा बोल्न मौका दियो । 

सबै चराहरुले मित्रताको बारेमा आआफ्नो तर्कहरु राखे । सबै चराहरुको कुरा सुनिसकेपछि सुँगाले रुपीले काग र कोइलीलाई भड्काको देखेको थियो । उसले रुपीलाई काग र कोइलीसँग माफि माग्न लगायो र सबै चारहरुको मित्रता कायम राख्यो ।

शिक्षा ः हामीले मित्रतामानै ठुलो तागत हुन्छ  भन्ने थापाउनुपर्छ र सबै सँग मित्रता कायम राख्नुपर्छ ।

Comments

Popular posts from this blog

समाज (आकृती भट्ट)

How to spend days on quarantine? Chetan Neupane