समाज (आकृती भट्ट)



आकृती भट्ट

कक्षाः  आठ

त्रिलोक स्कूल

माछापोखरी काठमाडौं


समाज

! यति राती कता जान लागेको, समाजले के भन्छ ?
! कस्तो लुगा लगाको,  समाजले के भन्छ ?

यो नगर, समाजले के भन्ला
त्यो नगर, समाजले के भन्ला

कसले कुन लुगा लगाउँछ
हुन्छ सबैलाई चासो
को मान्छे को सँग हिड्छ भनेर
हेरिरन्छन् बाटो।

बाटोमा हिड्दा सोध्छन्
नानी, के बन्न मन छ ?
डाक्टर भन्यो भने ठिक छ
नत्र कुरा काट्न थाल्छन्।

गरिबलाई हेप्छन् यिनी
ठुला बडालाइ दिन्छन् सम्मान
आफ्नो इच्छाको पेशामा लागे छ्या
डाक्टर, इन्जिनियर बने वाह्।

त्यसैले, अरुले के भन्छ कहिल्यै नसुन्नु
जे मन लाग्छ त्यही बन्नु
समाजले जे भने भन्छ
तिमी चाहिँ आफ्नो मनको सुन्नु।

धेरै के भन्नु, म पनि यहि समाजमा बस्छु
कविता मन पर्यो भन्ने आशा राख्छु।
                                  



Comments